अर्थमन्त्री पौडेल स्वदेश फर्किए

काठमाडौ, १४ फागुन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फर्किएका छन । ११ फागुनमा उनी अर्थमन्त्रीहरुको जी २० का सम्मेलनमा भाग लिन भारत गएका थिए । उनी शनिबार राती ९ बजे स्वदेश फर्किएका हुन् । 

सम्मेलनमा गएका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए।

जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । उक्त सम्मेलनमा नेपाल सदस्य नरहे पनि भारतले नेपाललाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।