होलीको क्रममा भक्तपुरमा १८ जना पक्राउ

भक्तपुर, २३ फागुन । होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना मानिसहरु पक्राउ परेका छन् ।साथै एक सय ११ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ ।

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार होलीको क्रममा कुनै अप्रिय घटना भने हुन भएन । उनका अनुसार भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए । होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँं ठाउँंमा सवारी चेकिंग गरिएको थियो ।