नवनिर्वाचित राष्ट्रपतिलाई नेकपा एसका अध्यक्ष नेपालको बधाई

काठमाडौं, २५ फागुन-नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बधाई ज्ञापन गरेका छन् । एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन् । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।