भोली बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक

काठमाडौं, १ चैत : सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए ।

उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।