ग्याङ्स्टरले धम्की दिएपछि एक्कासी बढाइयो सलमान खानको सुरक्षा

बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । सलमानलाई इमेलमार्फत धम्की दिइएको हो । मुम्बई प्रहरीले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार विरुद्ध एफआईआर दर्ता गरेको छ। बलिउड स्टार खानलाई धम्कीको इमेल मार्च १८ मा आएको थियो। जसमा सलमान खानलाई गोल्डी ब्रारसँग कुरा गर्न भनिएको थियो ।

सलमान खानका प्रबन्धक प्रशान्त गुञ्जालकरको उजुरीमा मुम्बई प्रहरीले आइतवार मार्च १९ गुण्डाहरू गोल्डी ब्रार र लरेन्स बिश्नोईलाई आईपीसीको धारा १२० बी, ३४ र ५० , ६२ अन्तर्गत मुद्दा दर्ता गरेको छ। मोहित गर्गको आइडीबाट पठाइएको इमेलमा गोल्डी भाइ गोल्डी ब्रारले तपाईको मालिक सलमान खानसँग कुरा गर्नु पर्ने भनिएको छ ।

लरेन्स बिश्नोईको अन्तर्वार्ता अवश्य हेर्नुभएको छ, हेर्नु भएको छैन भने हेर्नुस् भन्नुहोस् । यदि तपाईं मुद्दा बन्द गर्न चाहनुहुन्छ भने, त्यसपछिको मामला हो। तपाई आमनेसामने कुरा गर्न चाहनुहुन्छ भने मलाई भन्नुहोस्। अब समयले जानकारी गराएको छ, अर्को पटक झटका मात्रै देखिनेछ ।