कर्णालीका मुख्यमन्त्रीलाई एमालेले पनि विश्वासको मत दिने

सुर्खेत, १७ चैत-नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको नवौँ बैठकमा आफ्ना धारणा राख्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले विश्वासको मत दिने बताए ।

यस्तै, नेपाली कांग्रेस पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने संकेत गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकमा आफ्ना धारणा राख्दै शाहीले मुख्यमन्त्रीलाई विश्वासको मत संकेत दिएका हुन् ।मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी प्रस्ताव राखेका थिए ।