रबि लामिछाने चितवनमा उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु पुग्ने

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् ।सो पार्टीका केन्द्रिय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु–२ हुने मनोयन दर्ताका लागि पुग्नेछन् ।

उनका अनुसार चैत्र २० गते बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ । ‘ त्यस पछि २ बजे सभापति तनहुको दमौलिमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’  उनले भने । उनका अनुसार बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डिपि अर्याल बारा जानेछन् ।