राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्षको चासो

काठमाडौं, २० चैत । उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी लिएका छन् ।

पेटमा समस्या भएपछि गत शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराइरहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार उपराष्ट्रपति यादव र अध्यक्ष तिमिल्सिना अस्पताल पुगेका हुन् ।

छुट्टाछुट्टै अस्पताल पुगेर उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु अस्पातल पुगेका थिए ।