उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा कमला श्रेष्ठको उम्मेदवारी

काठमाडौं, २४ चैत । नेपालकी प्रथम ब्युटिसियन कमला श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएकी छन् । ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुन सञ्चालन गर्दै आएकी उनले वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहगत र  वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट कमलाले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।

महासंघअन्न्तर्गतर्क कार्यसमिति सदस्य, महिला उद्यमी समिति सभापतिको भूमिका निर्वाह गरिसकेकी कमलाले यसपटक कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । उनीहरुले गत मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो । महासंघको निर्वाचन आगामी बुधबार (चैत २९ गते) निर्वाचन हुँदै छ ।