फ्यानसँग किन झर्किइन् नायिका नयनतारा ? खल्लबल्ल नै भएपछि बाहिरियो यस्तो रहस्य

छिट्टै साउथबाट बलिउडमा डेब्यु गर्न लागेकी ट्रलिउडकी सुन्दरी नायिका नयनताराको झलक हेर्न सबै उत्सुक छन् । उनको अभिनयसँगै फ्यानहरु उनको सौन्दर्यको पनि पागल छन् । नयनतारा चाँडै शाहरुख खानको आगामी फिल्म जवानमा मुख्य अभिनेत्रीको भूमिकामा देखिनेछिन् । यो फिल्म यस वर्ष २ जुन २०२३ मा हलमा रिलिज हुने तयारीमा छ ।

उनका फ्यानहरु उनको फिल्म जवानको उत्सुकताका साथ पर्खिरहेका छन् । यस फिल्ममा पहिलो पटक अभिनेत्री शाहरुख खानसँग स्क्रिन सेयर गर्दै देखिनेछिन् । तर हालै नयनतारासँग एउटा अनौठो घटना घटेको छ । वास्तवमा नयनतारा आफ्ना पति विग्नेश शिवनसँग मन्दिर दर्शन गरिरहेकी थिइन्, त्यहाँ उपस्थित एक फ्यानले उनको भिडियो बनाउन थाले । जुन देखेर नयनतारा आक्रोशित भइन् ।

त्यही क्रममा उनले पहिलोपटक ति फ्यानलाई नराम्रो भनिन् । साथै पछि फोन तोड्ने धम्की समेत दिएकी छिन् । वास्तवमा, उनले अभिनेत्रीको अनुमति बिना भिडियो बनाउँदै थिए। जुन देखेर नयनतारा रिसाएकी थिइन् । नयनताराले फ्यानमाथि रिस देखाएको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । साउथ फिल्मकी चर्चित अभिनेत्री नयनताराको फ्यान फलोइङ अत्याधिक छ ।

उनको फिल्म होस् वा पर्सनल लाइफ, उनका फ्यानहरुले हरेक कुरामा चासो देखाउँछन् । यतिबेला अभिनेत्री एक फ्यानसँग दुर्व्यवहार गरेको कारण ट्रोल भइरहेकि छन् । नयनताराको यो पछिल्लो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेत्रीले पहिले फ्यानमाथि रिस देखाउँछिन् र त्यसपछि फोन तोड्ने धम्की दिन्छिन् ।

वास्तवमा नयनतारा श्रीमान् विग्नेश शिवनसँग दर्शनका लागि मन्दिर पुगेकी थिइन्, जसका सबै फोटो–भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । पांगुनी उठिरमको अवसरमा परिवारसहित मन्दिर दर्शन गर्न गएको क्यामेरामा कैद भएकी थिइन्, तर यही क्रममा अभिनेत्रीले आफ्ना एक फ्यानलाई केही गरेकी थिइन् जसले गर्दा मानिसहरु आक्रोशित भए ।