आयुष्मानसँग जोडी बाँध्न लागेकी हुन् सुन्दरी सामन्थाले ?

एजेन्सी – अभिनेत्री सामन्था रुथ प्रभुले बलिउड अभिनेता आयुष्मान खुरानाको जोडी बन्ने खबर पनि बाहिर आएको छ । भारतिय मिडियाका अनुसार उनीहरुले हरर फिल्ममा जोडी बाध्नेछन् ।

निर्माता दिनेश विजनले सामन्था र अयुष्मानलाई लिएर एक हरर फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । फिल्ममा सामन्थाको राजकुमारीको भूमिका रहनेछ भने आयुष्मान एक भ्याम्पायरको भुमिकामा देखिने छन् । रिपोर्टका अनुसार फिल्मको नाम ‘भ्याम्पायर अफ विजय नगर’ हो ।

फिल्म अमर कौशिकले निर्देशन गर्न लागेका हुन् । फिल्म २०२४ को सुरुवातमा फ्लोरमा निस्कने भारतिय मिडियाले जनाएका छन् । कामको कुरा गर्दा सामन्थाको ‘शकुन्तलम’ शुक्रबार देखी प्रदर्शमा आएको छ ।

फिल्ममा सामन्थाको अलवा देव मोहन, मोहन बाबु र अल्लु हाराहको अभिनय छ । फिल्ममा निर्देशकले पौराणिक पात्रमार्फत भव्यता प्रस्तुत गर्ने प्रयास गरेका छन् ।फिल्मले सुरुवाती व्यवसाय राम्रो गर्दै दर्शकको प्रतिक्रिया समेत उत्कृष्ट पाएको छ ।