प्रेमीबाट गर्भवती बनेपछि चर्चामा आएकी निहारिका डेरामा अचेत अवस्थामा फेला

काठमाडौँ । एक समय आफ्ना प्रेमी शिवराज श्रेष्ठ आँफु गर्भवती बनेको भन्दै काठमाडौँका अड्डा अदालतमा निकै धाइन् जनकपुरधामकी निहारिका राजपुत उनै निहारिका पछिल्ला दिनमा पति शिवराज सँगै जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा बस्दै आएकी थिइन् । उनै निहारिका बिहिबार अचेत अवस्थामा फेला परेपछि प्रहरीले नै बोकेर उनलार्य अस्पतालसम्म पुर्याएको छ ।

स्थानीयले डेरामा निहारिका छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको बताइन्छ । निहारिकाले विष सेवन गरेको आशंका गरिए पनि उनलाई खासमा के भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । स्रोतका अनुसार पछिल्ला दिनमा निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच सम्बन्ध फेरी पनि विग्रेको छ ।

त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी भएपछि शिवराजले गर्भ फाल्न दबाब दिए तर उनले छोरालाई जन्माउने अडान लिएपछि उनीहरुबिच ठूलो समस्या आयो । छोरालाई जन्मदिएपछि उनले शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गराइन् र छोरा र शिवराजको डिएनए परीक्षणको अदालतले आदेश दिएसँगै उनको डिएनए मिल्यो ।

त्यसपछि अदालतले उनीहरुले श्रीमान९श्रीमतीको रुपमा बस्ने भन्दै मिलापत्र गरिदिएको थियो । त्यसपछि यो जोडीले विबाह गरेको हो । उनी अचेत अवस्थामा फेला परेका बेला उनका छोरा भने उनीसँगै देखिएका छन् । जुन तस्विरहरु अहिले सामाजिक संजालमा समेत सेयर भइरहेका छन् । शिवराज कहाँ छन् भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।