राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडीमा तोडफोड

तनहुँ – तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो ।

इन्सपेक्टर वि।कका अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन्। गाडिको साइडसाइडका सिसा फुटेको बताइएको छ । प्रहरीले बिहान ६ बजेमात्र प्रहरीले सूचना पाएको थियो।

स्वर्णिमका बाबु जीवनराम गएराती सोही होटमा बसेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिएको डिएसपी खाँणले बताए। घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने उनले बताए।