मेयर साम्पाङलाई अभिनेता शाहले दिए गैंती उपहार

काठमाडौं । अभिनेता पल शाहले हर्क साम्पाङलाइ गैंती – बेल्चा कोसेली दिएका छन् । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगेका पललेसाम्पाङलाई भेटेर उनले गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् ।

उक्त खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट आफूले औजार खरिद गरेको र मेयर साम्पाङको सामाजिक कार्यमा योगदान दिएको पलले बताए । औजार कोसेली दिने क्रममा अहिले हलमा चलिरहेको फिल्म ‘जारी’की कलाकार रेखा लिम्बू पनि उपस्थित थिइन् ।

पलले हर्क सरको सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुसी लागेको साथै पारिश्रमिकको केही हिस्सा सहयोग गरेको उनलेस अभिनेता शाहले बताए । औजार ग्रहण गर्दै मेयर साम्पाङले पनि सबैै नेपालीभाषीलाई यो उपहारले सन्देश दिएको बताए ।

‘मान्छेले खानेकुरा कसरी उत्पादन हुन्छ भन्ने कुरा बिर्सिए, पलजीले त्यो सम्झाइदिनुभएको छ,’ साम्पाङले भने । पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् । उनी पछिल्लो समय म्युजक भिडियोमा व्यस्त छन् ।