अझै रोकिएन वर्षा, छाता ओढेर दर्शक खेल हेर्न कुर्दै (फोटो फिचर)

काठमाडौं, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो ।

नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् । उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ ।