नारायणघाट–बुटवल सडक खण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

बुटवल, २५ बैशाख । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ बर्ष म्याद थप्न अनुरोध परेको छ ।कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनिया ठेकेदार कम्पनिले डेढ बर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा  यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।

कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिया ठेकेदार कम्पनिले जनाउँदै आएको छ भने चिनिया कम्पनिले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले जानकारी दिएका छन् ।