बिष्णु गैरेको लेखन तथा निर्देशनमा तयार जनचेतनामूलक सडकनाटक कार्यक्रम सम्पन्न, हेर्नुहोस् तस्विरहरु

कञ्चन गाउँपालिकाका ११ माध्यमिक विद्यालयहरुमा जनचेतनामूलक सडकनाटक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन गाउँपालिकाको आयोजनामा बैशाख २४ गतेबाट शुरु भएको कार्यक्रम ३ दिनसम्म सन्चालन भएको थियो । भाईब्रेसन मिडियाको सयोजनमा सन्चालीत सडकनाटक धुम्रपान , मद्यपान , लागुपदार्थ दुर्व्यसन तथा बालविवाहविरुद्ध केन्द्रीत थियो ।

बिष्णु गैरेको लेखन तथा निर्देशन रहेको नाटकमा सुरबिर पण्डीत, सुरेश असिम, रोहानी लामा र दिपिका थापाको प्रस्तुति रहेको थियो । सडक नाटक प्रगति माध्यमिक विद्यालय ,दुर्गा माध्यमिक विद्यालय,जनज्योति आधारभूत विद्यालय , गजेडी माध्यमिक विद्यालय, भैंसाही माध्यमिक विद्यालय ,लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालय,सरस्वती माध्यमिक विद्यालय,बुद्धदिप ईङ्लिस बोर्डिङ्ग स्कुल,रुद्रपुर माध्यमिक विद्यालय , हरैया माध्यमिक विद्यालय र मलावरदेवी माध्यमिक विद्यालयमा प्रस्तुत गरिएको थियो ।

सडकनाटक कार्यक्रमको गाउपालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, गाउपालिकाका कर्मचारीहरुलगाएतले अवलोकन गर्नुभएको थियो । समाजको सकारात्मक रुपान्तरणका निम्ती जनचेतनामूलक कार्यक्रमको आवश्यकता भएकोले गाउपालिकाले यो कार्यक्रम आयोजना गरेको गाउपालिका अध्यक्ष नवराज ढकालले बताउनुभयो ।