तस्विरहरु हेर्नुहोस् मिसेस तामाङको अडिसन

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् ।
बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो । सो अडिनसबाट ३० जना प्रतिस्पर्धी छानिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी गराउनुभयो ।

उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरूलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लाससहित गतिविधीमा समेत सहभागी गराइने भएको छ । प्रतियोगीहरूले आफूले सिकेको ज्ञानहरूलाई समाजमा प्रतिस्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरूलाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउनुहुन्छ ।

यस सौन्दर्य प्रतियोगिताले तामाङनी बिबाहित नारी, युवतीहरूबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटनगरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उहाँ बिस्वस्त हुनुहुन्छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असारमा हुने उहाँले जानकारी गराउनुभयो ।

प्रतियोगिताको निर्णयकमा कोरियोग्राफर रोजिन शाक्य, मिलन मोक्तान, अशोक तामाङ, आकृति तामाङ, नम्रता तामाङ, रमला पाख्रिन, मिना लामा रहनुभएको छ । एसके इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ, मिस एण्ड मिसेस गुरुङ, मिस एण्ड मिसेस इण्डिजिनियस जस्ता सौन्दर्य प्रतियोगिता गर्दै आएको छ ।

एसके इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज हुनुहुन्छ । उहाँले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आउनुभएको छ । जनजाति महिला दिदी बहिनीहरूलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरूको क्षमता र व्यक्तित्वलाई उजागर गर्ने कार्यमा उहाँको योगदानसमेत रही आएको छ ।