उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी बुहारीको सवारी दुर्घटनामा परी निधन

बाँके, १७ जेठ । सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ ।

कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार बाँकेवाट सुर्खेततर्फ जाँदै गरेको उनीहरु सवार  कार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै बससँग ठोक्किन पुगेको थियो ।

सो दुर्घटना पछि खडका, उनका चालक र बसमा यात्रारत ८ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याईएको थियो । तर, उपचारका क्रममा बुहारी खडका र उनका सवारी चालक अधिकारीको मृत्यु भएको हो ।

मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती  हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा रहेका छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्। कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।