हावाहुरी र असिनाले कालिकोटका कृषक पाण्डेको फार्ममा लाखौको क्षती (फोटोफिचर)

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिका वडा ३ टोल आडीपहराका प्रबानन्द पाण्डेको र्फाम हाउसमा केही समय अघि परेको हावा हुरी र असिनाले ठूलो क्षती पुर्याएको छ ।

हावा हुरी र असिनाले तरकारी, टनेल, फलफुल स्याउ, ओखर, नासपति , किबी , आरुबखडाका रुखै भाँचिएर लाछिएपछि करिब १२ लाखको क्षती भएको कृषक पाण्डेले बताए । धिरेन एण्ड तुफान कृषि फार्म १० वर्ष अघि संचालनमा ल्याएका पाण्डेका ३ मिटर लम्बाई र ५ मिटर चौडाईका ७ वटा टनेल छन् ।

पाण्डेले ७ जनालाई रोजगारी दिएका छन् । जसको मासिक पारिश्रीमक १५ देखि २० हजार रहेको कृषक पाण्डेले बताए ।
उनका फार्ममा हिँउदे, वर्षे र बसन्ते गरेर तिनै ऋतुका तरकारी, भ्यान्टा, काँका खुर्सानी, काउली बन्दा मूला रायो उत्पादन हुन्छन् ।

नजिकैको बजार खाँडाचक्र बजारमा नै बिक्रिका लागि लैजान पर्छ तर बेमौसमी तरकारी लिन स्थानीय फार्ममा नै आउँने गर्छन् पाण्डेले भने ।