गोकुल बाब्लीको ‘रुनु पर्‍यो आज’ को चर्चा

काठमाडौं । गायक गोकुल बाब्लीको नयाँ गीत रुनु पर्‍यो आज सार्वजनिक भएको छ । सुनिल दवाडी नामक युट्युब च्यानलमार्फत बिहीबार उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको होे ।

दिनेश कठायत, स्टार भट्ट, पुनम केसी लगायतको अभिनय रहेको गीतको शब्द गायक स्वयंको हो । मुर्चुंगा स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन र मिक्सिङ सञ्जय श्रीपालीले गरेका हुन् ।

विजय परियारको संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो रमेश बोहराले खिचेका छन् । भने, म्यूजिक भिडियो निर्देशन अर्जुन भुसालले गरेका हुन् ।

सुदूरपश्चिमको अछाममा जन्मिएका गायक बाब्ली सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले यसअघि पनि केही लोक तथा आधुनिक गीत गाइसकेका छन् ।