जसपा नेपालको बिद्यान अधिवेसन समापन हुदैँ

काठमाडौं, १२ असार । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ । गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।
आजको बैठकमा  मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहवाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

उनका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।