अमेरिकाले भन्यो, ‘रुसमा बिद्रोह अन्त्य त भयो तर अवस्था सहज भइसकेकाे छैन्’

वासिंगटन डिसी, १२ असार । रुसी ‘सैन्य बिद्रोह’लाई लिएर अमेरिकाले मुख खोलेको छ।  अमेरिकी विदेश मन्त्रालयले सोमबार रुसमा जारी विद्रोहको बारेमा आफनो प्रतिक्रिया दिएको हो ।

अमेरिकी विदेश विभागका प्रवक्ता मैथ्यू मिलरले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सागै, अमेरिकाले वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।

राज्य विभागका प्रवक्ता म्याथ्यू मिलरले युक्रेन र वाग्नर समूहको बारेमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सो कुरा जानकारी दिएका हुन । उनले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको बताए । यति मात्र होइन, आफ्नै येभजेनी प्रिगोजिनले रुस–युक्रेन युद्धको औचित्यमाथि सीधै प्रश्न उठाएको देख्नु पनि नौलो कुरा लागेको उनले बताएका छन् ।

मिलरले भने कि, ‘हामीले पहिले नै उनको झूटको बारेमा कुरा गरिसकेका छौं। यद्यपी रुसी अधिकारीहरूले यसबारेमा केही भनेका छैनन् । उनले रुसमा विद्रोहको अन्त्य भइसकेको तर अवस्था ठिक नभएको बताए ।

रुसमा डेढ दिनदेखि चलेको विद्रोहको अन्त्य रहस्यमयी तरिकाले भएको थियो, जुन विद्रोह रुसको निजी सेना वाग्नरले गरेको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएर बेलारुसतर्फ गईसकेका छन् ।