नेपाल मलेसियासँग भिडदै, जीतेमा नेपाल सेमिफाइनलमा पुग्ने

काठमाडौं, १५ असार । नेपाल र मलेसियाका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । मलेसियामा जारी एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो । सो खेल अब केही बेर अर्थात बिहान ७ः१५ बजेवाट सुरू हुदैँछ ।

पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उदेश्यसहित मैदानमा उत्रिन लागेको हो । नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।