लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेट माथीको छलफल हुनेमा आशंका कायमै

दाङ, १७ असार । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो । जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथी अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकाकारण बजेट माथी सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पुर्वनिर्धारित कार्यसुची अनुसार गत असार १० गतेवाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक अाव्हान गरिएको भए पनि बिबाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।