अमरिस पुरीकाे बलिउडमा पहिलो ब्रेक ३८ बर्षमा

मुम्बइ, २० असार । अमरीश पुरीले कहिल्यै नायक बन्ने मौका पाएनन्, तर यो महान अभिनेताले सकारात्मक र चरित्र भूमिकामा यति राम्रो काम गरे कि मानिसहरूले उनको खलनायक अवतार बिर्सिए । राम लखन, त्रिदेव जस्ता धेरै फिल्म छन्, जसमा अमरीश पुरी खलनायक बनेर आए, त्यसपछि उनीभन्दा खतरनाक खलनायक अरु कोही हुन सक्दैनन् भन्ने सबैलाइ लाग्न थाल्याे ।

र जब उनी दिलवाले दुल्हनिया ले जायेंगे, परदेस जस्ता फिल्महरूमा चरित्र भूमिकामा देखा परे, तब यो महसुस भयो कि उनी भन्दा राम्रो कोही हुन सक्दैन। अमरीश पुरीले नकारात्मक भूमिकामा जति हल्लाए, त्यति नै माया आफ्नो चरित्र भूमिकाबाट पनि कमाए ।

अमरीश पुरी हिरो बन्ने आशा लिएर पञ्जाबबाट मुम्बई आएका थिए । तर उनको अनुहार देखेर निर्देशकले यो ढुङ्गा अनुहारबाट नायक बन्न नसकिने बताए र तिनीहरूले अमरिश पुरीलाई हिराेमा अस्वीकार गरे। त्यसपछि उनले राज्य कर्मचारी बीमा निगममा जागिर पाए । तर, अमरीश पुरीको गन्तव्य  रजत पटल मात्र थियो। जसका लागि उनले सबै कुरा त्यागेर थिएटरमा काम गर्न थाले ।

यहाँ उनको अभिनयको आकर्षण यस्तो थियो कि बलिउडले उनलाई फेरि नकार्न सकेन । जब अमरीश पुरीले पहिलो ब्रेक पाए, उनी लगभग ३८ वर्षका थिए। हम पाँच उनकाे पहिलाे सिनेमा थियाे, जुन १०८०मा रिलिज भएकाे थियाे । उनकाे फिल्म यात्रा खलनायकको रूपमा सुरु भयो र त्यसपछि अमरीश पुरीले चरित्र भूमिकामा पनि धेरै प्रसिद्धि कमाए।