विदेशी मुद्राको विनिमय दरः डलर र युराे दुबैकाे भाउ घटयाे

काठमाडौ, २२ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसामा काराेबार भएकाे थियाे भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसामा खरिद बिक्री भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २० पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसामा काराेबार गर्ने अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६२ पैसा ताेकेकाे छ ।

उता जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसामा तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर  १० रूपैयाँ १५ पैसामा काराेबार हुनेछ ।

साथैँ, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ .११ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँमा काराेबार हुनेछ ।