बेलायतदारा युक्रेनलाई ६५ मिलियन डलर सहयोग गर्ने घोषणा

लन्डन,२७ असार । मो समयदेखि चलिरहेको रुस–युक्रेन युद्ध रोकिने नाम लिइरहेको छैन । यसैबीच युक्रेनलाई सहयोग गर्न बेलायत अगाडि आएको छ ।बेलायती सरकारले युक्रेनलाई उपकरण मर्मत गर्न र सैन्य पुनर्वास केन्द्र स्थापना गर्न ५ करोड पाउण्ड सहायता प्याकेज उपलब्ध गराउने मंगलबार जनाएको छ।

जसअनुसार यस हप्ताको नाटाे सम्मेलनमा छलफल गरिनेछ, बेलायत र जी ७ सदस्यहरूले हजारौं थप राउन्ड च्यालेन्जर २ गोला बारुद र ७० भन्दा बढी रसद वाहनहरू प्रदान गर्नेछन्।

यी कार्यक्रमहरू युक्रेनका लागि नाटाेको व्यापक सहायता प्याकेज मार्फत जानेछन् र गठबन्धनका पुनर्स्थापना विशेषज्ञहरूले समर्थन गर्नेछन्, बेलायती सरकारले एक विज्ञप्तिमा भनेकाे छ ।

संयुक्त घोषणामा सबै जी ७ सदस्यहरूले हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । साे घोषणासँगै आगामी वर्षहरूमा युक्रेनलाई युद्ध अन्त्य गर्न सहयोगी राष्ट्रहरूले कसरी समर्थन गर्ने भनेर रूपरेखा तय गर्ने छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने, “नेटो सदस्यताको मार्गमा युक्रेनको प्रगति, औपचारिक, बहुपक्षीय र द्विपक्षीय सम्झौताहरू र नाटो सदस्यहरूको अत्याधिक समर्थनले राष्ट्रपति पुटिनलाई बलियो सङ्केत दिनेछ र युरोपमा शान्ति फिर्ता ल्याउनेछ।”