अमेरिकी सहायक विदेश मन्त्री लु नेपालमा,‘प्रचण्ड’ र परराष्ट्रमन्त्री साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

काठमाडौ-सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।
उहाँले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ ।

साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ । साथै उहाँले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ । उहाँले गत वर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो ।