कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्यलाई थप गरेको छ ।पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको सो विभागमा तीन सदस्य थप गर्नुभएको हो ।

थप हुने सदस्यमा सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।