फलफूल तथा तरकारीको मूल्य : रूख कटहर ४० रूपैयाँ, कागती २०० रुपैयाँ

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, टनेल गोलभेडा सानो ५८ रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५० रुपैयाँ, घिउ सिमी लोकल ३० रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५० रुपैयाँ, भारतीय आलु रातो ३६ रुपैयाँ, लौका ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ, गाजर १२० रुपैयाँ, बन्दा लोकल १२, मूला रातो ३०, भन्टा लाम्चो ४०, मकै बोडी ६० रुपैयाँ, टाटे सिमी १५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, कागती २०० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २६० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ, अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५० रुपैयाँ, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, छडी माछा २३० रुपैयाँ, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप १५० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ, छ्यापी सुकेको १६० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, नेपाली लसुन २१० रुपैयाँ, चाइनिज लसुन २७० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, भेडे खुर्सानी ९० रुपैयाँमा कारोबार भइरहेको छ।