सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति नबनाए संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था फितलो बनाइएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले यस्तो बताएका हुन् । उनले सुन तस्करीमा सरकारको संरक्षण रहेको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे । उनले उच्चस्तरीय छानबिन समिति नबनाए एमालेले संसद् चल्न नदिने पनि बताए ।

उनले सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भन्दै प्रश्न पनि गरे । उनले पौष १० गते दुबईबाट ९ किलो सुन विद्युतीय चुरोटभित्र सुन ल्याएको माघ २९ गतेसम्म भन्सारभित्रै राखिएको र बाहिर ल्याउन महराका बाउछोराले धेरै पटक फोन गरेको कुरा बाहिर आएको बताए ।