सन्नी देओलको ‘गदर २’ ले धमाका मच्चादै, सलमानले यसरी गरे तारिफ

काठमाडौं – पछिल्लो समय सन्नी देओलको फिल्म गदर २ को निकै चर्चा छ । यस फिल्मले शुरुवातमै धमाकेदार कमाई गर्न सफल भएको छ । भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिनमै ४० करोड कमाएको छ ।

यस्तै शनिवार यस फिल्मले ४३ करोड कमाएको छ । हालसम्म् यस फिल्मले लगभग ४४ करोड कमाउन सफल भएको छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । फिल्म रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि सो चलचित्रको तारिफ गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।

यस फिल्ममा सन्नी देओल बाहेक अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा लगायतका कलाकारको अभिनय रहेको छन् ।