सिमानामा सुरक्षा चुस्तदुरुस्त राख्न महानिरीक्षक अर्यालको निर्देशन

कृष्णनगर (कपिलवस्तु) – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिनुभएको छ । महानिरीक्षक अर्यालले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा उहाँले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिनुभयो । प्रदेशभर खटिनुभएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सिमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताउनुभयो ।