एमाले कर्णालीको अध्यक्षमा मीनबहादुर र गुलाबजंगले उम्मेदवारी दिँदै

एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने भएका छन् । गुलाबजंग र मीनबहादुरले केही समयमा उम्मेदबारको दर्ता प्रकृयामा जाने बताए ।

प्रदेश अध्यक्ष बिनोद कुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गरेपछि निर्वाचन प्रक्रिया आज शुक्रबार हुने छ । एक भन्दा बढी आकांक्षी भएकाले निर्वाचन हुने निश्चित जस्तै देखिएको हो ।

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल समूहबाट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट नेता मीनबहादुर शाहीलाई अध्यक्षको लागि अगाडि सारिएको छ । मीनबहादुरलाई प्रदेश अध्यक्ष विनोदकुमार शाहको समेत साथ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मीनबहादुर शाहीलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चुन्न जोड दिएको स्रोतको दाबी छ ।