इजरायल घटना: दश नेपाली विद्यार्थीको निधनप्रति भारतद्वारा दुःख व्यक्त

काठमाडौँ- भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको आत ङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गर्नुभएको हो । सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।