जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा दुई हजार बढी लाभान्वित

जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्र तीन दिने निःशुल्क मुटु रोग शिविरबाट यहाँका दुई हजार तीन सय ७३ लाभान्वित भएका छन् ।गाउँगाउँमा मुटु रोगी बढे पनि अस्पताल पुगेर उपचार गराउने अधिकांश स्थानीयवासीको आर्थिक अवस्था निकै कमजोर रहेको छ । समयमै उपचार पाउन सकेका छैन । हिमाका नागरिकको मागअनुसार मुटु रोगसम्बन्धी विशेज्ञ डाक्टरबाट उपचार र स्वास्थ्य जाँच गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादेर शाहीले भन्नुभयो, “गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दे आएको छ । मेरो पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य हो । ” हालसम्म करिब सातवटा विभिन्न रोगको शिविर सञ्चालन भई सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

हिमाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा पालिकाले गरिदिने नीति तथा कार्यक्रम बजेटबाट पारित भइसकेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको मुटुको अवस्था थाहा पाउनको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा दुई हजार तीन सय ७३ विद्यार्थी र अन्य स्थानीयवासीको मुटुको परीक्षण गरी उपचार गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जनाको निःशुल्क शल्यक्रियाको लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएको गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो ।