शुक्रबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट ८४ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबार ३ वटा नयाँ नागरिकता जारी गरेको छ । हेलो जिल्ला प्रशासन कालिकोट नामक फेसबुक पेज मार्फत हरेक दिनको जानकारी दिँदै शुक्रबार १७ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार सोही दिन २२ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ७ रहेको छ । त्यस्तै ३ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिँदा १६ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ ।

शुक्रबार सेवा लिने सेवाग्राहीको कुल संख्या ८४ रहेको छ भने नाबालक, संस्था दर्ता र संस्था नविकरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।