राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार, बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित रहने छ । त्यस्तै बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने बताइएको छ