एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम गरियो : अध्यक्ष ओली

एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम गरियो : अध्यक्ष ओली
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेर्हथुमको आठराई गाँउपालीकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण बिकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताउनुभएको हो ।

एमालेलाई सरकारबाट हटाएपनि जनतामा प्रभाव बिस्थापीत गर्न नसकेको र लोकप्रीय पार्टी हुन सफल भएको उहाँले बताउनुभयो । ओलीले मिसन २०८४का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौ जनता सहभागी भएको दावी गर्नुभयो ।

ओलीले मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहित नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको जिकिर गर्नुभयो । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।