हामी नेपाली ग्लोबल दुबईद्वारा पुर्णिमा लामा सम्मानित

कलिलो उमेरमै नेपाली गीत संगीत क्षेत्रमा सर्बाधिक चर्चा बटुल्न सफल चर्चित गायिका पुर्णिमा लामालाई हामी नेपाली ग्लोबल यु.ए.ई द्वारा सम्मान गर्नु भएको हो । सुरिलो स्वोरकी धनी चर्चित गायिका पुर्णिमा लामाले नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनु भएको भन्दै उहाँको योगदानको उच्च मुल्याङकन गर्दै हामी नेपाली ग्लोबल यु.ए.ई द्वारा विशेष सम्मान प्रदान गर्नु भएको हो ।

हामी नेपाली ग्लोबल यु.ए.ई का अध्यक्ष दिल लामाको अध्यक्षतामा एक विशेष सम्मान कार्यक्रम आयोजना गरि चर्चित गायिका लामालाई सम्मान गर्नु भएको थियो । उक्त विशेष सम्मान समारोहमा हामी नेपाली ग्लोबल यु.ए.ई का उपाध्यक्ष शंकर श्रेष्ठ, हामी नेपाली ग्लोबल अबुधाबी च्याप्टरका अध्यक्ष रोशन श्रेष्ठ,माहासचिव सन्ध्या सुस्केरा मोक्तान, कोषअध्यक्ष राजेस श्रेष्ठ , सदस्य ओमर श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।गायिका लामा सांगीतिक कार्यक्रम को निम्ति दुबई पुगेकी थिईन्।