बिहिबार जिल्ला प्रशासन कार्यालय कालिकोटबाट  कुल ९१ सेवाग्राहीले लिए सेवा

कालिकोट । जिल्ला प्रशासन कार्यालय कालिकोटबाट बिहिबार कुल ९१ जना सेवाग्राहीले सेवा लिएका छन् । साताको पाँचौ दिन १६ वटा नयाँ नागरिकता जारी भएका छन् भने २३ वटा नागरिकताको प्रतिलिपी जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार बुधबार मात्रै ६ वटा राहदानी वितरण गरिएको छ भने राहादानी इनरोलमेन्टको संख्या ५ रहेको छ । त्यस्तै २७ वटा राष्ट्रिय परिचय पत्र दर्ता गरिएको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र लिनेको संख्या २ रहेको छ ।

बिहिबार नाबालक, संस्था दर्ता र सबारी पास बितरणको सेवा ग्राहीको संख्या शून्य रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।