थाइ एयरद्वारा आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा निगमलाई हस्तान्तरण

काठमाडौं । आफ्नो जहाजको ग्राउन्ड ह्यान्डलिङ सेवा आफैं गर्दै आएको थाइ एयरवेजले यो सेवा नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाइ एयरवेजले यो सेवा निगमलाई हस्तान्तरण गरेको हो । ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्गत यात्रुको बोर्डिङ, चेक–इन, ब्यागेज, कार्गो ट्रली, र्याम्प बस लगायत सेवा दिनुपर्ने हुन्छ ।

निगम र थाइ एयरवेजबीच सन् २०२३ अक्टोबर २९ मा काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ गर्नेबारे सम्झौता भएको थियो । नेपाल सरकारले थाइ एयरवेजसँग रहेका ८० थान उपकरणहरू निगमको स्वामित्वमा रहन २०८० साउन ३ गते स्वीकृति दिएको थियो।