साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी, नेपाली नागरिकलाई सचेत रहन आग्रह

काठमाडौं । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्ति