नर्वेका राजाको पदमाेह : ८६ वर्षमा पनि राजगद्दी त्याग्न अस्वीकार

ओस्लो, माघ- शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ । डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्डको यो भनाइ बाहिर आएको हो ।

“मैले सधैँ भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्) को सपथ लिएको छु र यो जीवनभरका लागि हो”, युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ । आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

राजगद्दीमा ३३ वर्षसम्म रहनुभएका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै हुनुहुन्छ । आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्नुहुनेछ भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आउनुभएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसलाई स्तब्ध बनाउनुभएको थियो । वैशाखीको सहारामा हिँडडुल गर्नुहुने राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उहाँलाई अस्पतालमा भर्ना गरिएको छ ।