विद्यालय संचालन कार्यविधि २०७७ अनुसार विद्यालय संचालन हुदै

१६ मंसिर २०७७, कालिकोट

कालिकोट जिल्ला सान्नित्रिवेणी गाउपालिका मा विद्यालय संचालन कार्यविधि २०७७ अनुसार विद्यालय संचालन गर्न गाउँ पालिकाले निर्दैशन गरेको छ ।

गाउँपालिकाको निर्दैशन अनुसार गाउँपालिका शिक्षा समितिको औपचारीक वैठेक वसी लगडाउन भएयता वन्दावन्दिको अवस्थामा रहेका विद्यालयहरु विद्यालय संचालन कार्यविधि ढाचाँ २०७७ अनुसार विद्यालयले कोरोनाको रोकथामको मापदण्ड पुर्ण रुपमा पुरा गरी विद्यालय संचालन गर्ने निर्णय गरीएको पालिका अध्यक्ष डम्वर वहादुर शाही (डिवि) ले जानकारी दिनुभएको छ ।

अध्यक्ष शाहीका अनुसार पालिकामा रहेको सवै विद्यालयहरुको सम्पुर्ण अवस्थाको सर्वेक्षण गरेर तथा विद्यार्थिहरु लाई चाहिने आवश्यक पुर्वाधार तुरुन्त निर्माण गरेर विद्यालय संचालन गरीने कुरा वताउनुभएको छ ।

सान्नित्रिवेणी गाउपालिकामा शिक्षण पेसामा रहेका वाह्य जिल्लाका शिक्षकहरुले अनिवार्यरुपमा पिसिआर चाज गराएर मात्र पठनपाठन गर्ने र विद्यालयमा करार सेवामा रहेका तथा पालिका अनुदानमार्फत तलवभत्ता खाईपाई आएका शिक्षकहरुको लागी विद्यालयले मंसिर २५ गते सम्म पालिकामा वजेट मागगरीसक्नुपर्ने पालिकाले सुचना समेत जारी गरेको छ ।