ग्यास लिगेज भई आगलागी हुदा घर जलेर नष्ट

२०७८ वैषाख ३०/- कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ५ स्थित तिरुवावाडा टोलमा ग्यास जलेर आगलागी हुदाँ सोहि टोलका विर तिरुवको घर आगलागी भएर नष्ट भएको छ ।

आगलागीहुदा निज विर तिरुवाको घरमा रहेको चलअचल सम्पति र नगद पैसा दश हजार समेत नष्ट भएको स्थानि वासी मन तिरुवाले वताउनु भएको छ ।

आगलागी गए राति करिव ८ वजे तिर सोहि घरका ९ वर्षिय वालकले ग्यास सल्काउन लाग्दा पाईपवाट लिगेज भइरहेको ग्यासमार्फत घर आगलागी भएको र गाउ भरीका युवा तथा ईलाका प्रहरी चौकी रास्कोटको वाट खटीएको प्रहरी टोलिको सहयोग वाट आगो नियन्त्रणमा लिएको तिरुवाले वताउनुभएको छ ।

आगो वाट पिडीत विर तिरुवाको घर जलेर पुरै नष्ट भएको छ भने घरमा पालेका कुखुरा अन्न, गाई गोरु समेत जलेर सक्त घाईते भएको र उनका ९ वर्षिय छोरा प्रेम तिरुवा जलेर विरामी भएको हुदा हाल स्थानिय मेडीकलमा उपचार भईरहेको स्थानियले वताएका छन् ।

हाल पिडितकाे वास समेत जलेर नष्ट भएकाे र खाद्याद्नन समेत जलेर नष्ट भएकाले पिडीत व्यात्तीलाइ उद्दार राहातकालागी सहयाेगी मनहरुलाई अनुराेध समेत गरीएकाे स्थािनय ले जानकारी दिएका छन् ।