पलातको दाम्री गाडमा वन्ने भयो मोटरवल पुल

१७ जेष्ठ २०७८ कालिकाेट / कालिकोट जिल्ला पलाता गाउँपालिका स्थित र्थिर्पुको दाम्र्रिगाडमा मोटरवल पक्की पुल निर्माण हुने भएको छ ।

मोटरवल पुल सुपर स्टार निर्माण कम्पनि प्रालि को प्राविधिक सहयोगमा निर्माण हुने भएको छ । उक्त पुल निर्माण गालावा जगदम्वा सुपर स्टार जेभि ले आधिकारीक २०७७ साल असार ३० गते सम्झौता भई २०७८ पौष ३० सम्म सम्पन्न गर्ने लक्ष्य सहित काम को सुरुवात गरीएको सुपर स्टार निर्माण कम्पनि संचालक तारा शाह ले जानकारी दिनुु भएको छ ।
मोटरवल पुल निर्माण कर्णालि प्रदेश सरकार पुर्वाधार विकास कार्यालय मार्फत दुई करोड विस लाख को लागत मा निर्माण हुने भएको छ ।

सुपर स्टार निर्माण कम्पनि द्धारा निर्माण गरीएका हरेक निर्माण कार्य गुणस्तर युक्त हुने भएका ले यो पुल पनि निकै राम्रो तवर ले निर्माण हुने स्थानियको भनाई रहेको छ ।