१५ सैया अस्पतालको सिलान्यास जनताको अनुहारमा छायो खुसि

१९ असार २०७९, कालिकाेट

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ ।

रास्कोट नगरपालिका वडा नं ५ का दमन वहादुर शाही, मेकेन्द्र शाही र पर्स शाहीले जमिन लाई चन्दा दानको रुपमा अस्पतालको नाममा हस्तान्तरण गरीसकेपछि वडा नं ५ स्थीत वयालकोट मा अस्पताल निमांण हुन लागेको हो ।

अस्पतालको विधिवत रुपमा ठेकाको जिम्मवेवारी लिएको धुलिखेल निर्माण सेवा प्रालिले शनिवार अस्पतालको उद्घाटन गरेको निर्मांण कम्पनि का प्रतिनिधि अलि वहादुर शाही ले जानकारी दिएका छन् ।

शाहीका अनुसार अस्पतालको लेआउट तथा सिलान्यास पालिका मेयर र्धमराज शाही पोषण र उपमेयर मनिराज वरालको विशेष उपश्थितिमा र वडा नं ५ का स्थानिय वासिको सहभागीतामा र निमांण कम्पनिका प्रतिनिधि युवराज शाहीको सहजिकरणमा सिलान्यास कार्य गरीएको वताएका छन् ।

सिलान्यास भएकाे अस्पताल संघिय सरकारको १५ करोड ६० लाख १२ हजार २२ रुपैया अनुदानमा निर्माण हुन लागेको हुदा स्थानिय जनताहरु निकै खुसि भएका छन् ।