प्लान ईन्टरनेश्नल नेपाल द्धारा प्रायोजित वालवालिकाहरु लाई राहत समाग्री वितरण

११ जेष्ठ २०७८ कालिकाेट /-प्लान ईन्टनरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा प्रायोजित वालवालिकाहरु लाई राहत समाग्री वितरण गरीएको छ ।

राहत समाग्री कालिकोट जिल्ला को रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र जुम्ला जिल्लाको हिमा गाउँपालिका, तिला गाउँपालिका र सिजाँ गाउपालिका का गरी ६ वटा पालिकामा वितरण गरीएको हो ।

प्लान ईन्टरनेश्नल नेपालको साझेदार संस्था किर्डाक नेपाल मार्फत कार्यक्रम संचालित कर्णालिका ६ वटा पालिकामा रहेका प्रायोजित(स्पोन्सर) वालवालिका तथा उनिहरुका परीवारहरुलाई कोरोना माहामारीको समयमा सृजना भएको उच्च गरीवि तथा भोकमरीको समस्या लाई समाधान गर्नका लागी राहत खाद्य् समाग्री सहयोग गरीएको हो ।

खाद्यय समाग्रीहरु जुम्लाका ३ वटा पालिकाका ५९० र कालिकोटका ५१० घरपरीवारहरु मा प्रति घरधुरी १३ हजार ५ सय वरावरको मसिनो चामल, मुसुरोको दाल, चना, केराउ, खाने तोरीको तेल, नुन, चिनि लगायतका खाद्य्य समाग्रीहरु तथा कोरोना रोकथाम तथा सरसफाईका लागी सावुन प्रदान गरीएको किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले वताउनु भएको छ ।

पाण्डेका अनुसार कालिकोट जिल्लाका ३ वटा पालिकाका ५१० जना प्रायोजित वालवालिका घरपरीवारहरुलाई कोरोना महामारीको समयमा भैरहेको भोकमरी लाई न्युनिकरण होस र उनिहरुको विपतको समयमा चुलो वलोस भन्ने उदेश्यले प्रति घर परीवार लाई परीयोजनाको निति अनुसार १३,५०० रुपैया वरावरको ७५ के जि मसिनो चामल, २० के जि मसुरोका दाल, ६ के जि चना, ६ के जि रातो सिमि, ६ के जि सेतो केराउ, ६ लिटर खाने तोरीको तेल, ६ के जि आयोडिन युक्त नुन, ६ के जि चिनि र १५ पिस १२५ ग्रा म को हात धुने सावुन वितरण गरीएको वताउनु भएको छ ।

राहत समाग्रीहरु कालिकोट जिल्ला का ५१० घरधुरी लाई १३५०० का दरले ६८ लाख ८५ हजार वरावरको प्रदान गरीएको छ । नरहरीनाथ गाउपालिकामा १३९ घरधुरी लाई १३५०० का दरले १८ लाख ७६ हजार ५ सय, सान्नीत्रिवेणी गाउपालिकामा १९१ घरधुरी लाई १३५०० का दरले २५ लाख ७८ हजार ५ सय र रास्कोट नगरपालिकामा १८० घरधुरी लाई १३५०० का दरले २४ लाख ३० हजार वरावरको राहत खाद्य्य तथा सरसफाईको समाग्री वितरण गरीएको हो ।

राहत समाग्री वितरणमा ६१ प्रतिशत दलित घरपरीवार ३९ प्रतिशत गैरदलित घरपरीवार का वालवालिकाहरु लाई राहत प्रदान गरीएको संयोजक पाण्डेले वताउनु भएको हो ।

विगत अघिल्लो वर्षमा पनि प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा यिनै तिनै पालिकामा कोभिड १९ प्रतिकार्य परीयोजना तथा वाढिपहिरो रोकथाम तथा नियन्त्रण परीयोजना मार्फत १५ हजार र २७ सय ३० तिस रुपैया नगद राहत पनि गरीव तथा विपन्न वाढि पहिरो वाट पिडित घरपररीवार लाई प्रदान गरीएको थियो ।